१६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–४ का १९ वर्षीय रमेश थारू, २१ वर्षीय रामलौटन थारु र २४ वर्षीय सुमन थारुलाई साउन १० गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितहरूले साउन ९ गते राती जन्मदिन मनाउन गएको बेलामा बारबर्दिया नपा–४ पदनाहा स्थित शिब प्राविको कम्पाउण्ड भित्र लगेर बलात्कार गरी फरार भएका थिए ।
घटनाको बारेमा जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले गाउँबाट गिरफ्तार गरेको हो ।
आरोपितहरू विरूद्ध पीडित पक्षले साउन १० गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका छन् ।
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बानियाभारका इन्स्पेक्टर हरिहर खड्काले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण साउन १० गते बर्दिया अस्पतालमा गरिएको छ ।