५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मुसिकोट नगरपालिका–१ का ५९ वर्षीय लक्ष्मण बलामीलाई साउन १गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ३२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधवराज खरेलले बताउनु भयो ।
साँझको समयमा घरमा एक्लै भएको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको पीडितका आफन्तले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।