INSEC Online

📅 २०८३ जेष्ठ २१

मेयरको घरमा कालो झण्डा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूको घरमा वैशाख २० गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा राखेका छन् ।

सो महानगरपालिकाका उम्मेदवारहरू रेणु दाहाल, देवी ज्ञवाली र दिनेश कोइरालाको घरमा कालो झण्डा गाडिएको सो पार्टीले जनाएको छ ।

राप्ती नगरपालिकामा काँग्रेसका मेयर उम्मेदवार किरण ओली, र माओवादी केन्द्रका मेयर उम्मेदवार रामचन्द्र पाठकको घरमा पनि कालो झण्डा गाडिएकोमा तत्कालै निकालिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाले बताए ।

चितवनमा सो पार्टीका नेता/कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा सहभागी नहुन भन्दै सबै उम्मेदवारलाई चिठी नै पठाएका छन् ।

अन्य

भिडियो