INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रिवि उपकुलपतिको कार्यालय तोडफोड

त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्ष नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्वबियूसंग आवद्ध कार्यकर्ताहरूले असार २७ गते दिउँसो तोडफोड गरेक छन् ।

अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्तको नेतृत्वमा गएको समूहले बाँस्कोटाको कार्यलयमा रहेका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेका हुन् ।

घटनाबारे इन्सेक जिल्ला प्रतिनिधिसँग कुरा गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपकुलपति बाँस्कोटालाई ज्ञापन पत्र बुझाउन गएका कार्यकर्ताहरूलाई प्रहरी परिचालन गरेर गिरफ्तार गरेपछि आक्रोशित कार्यकर्ताले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको स्वीकार गरेका छन् । प्रहरीले आफ्ना ११ जना कार्यकर्तालाई गिरफ्तार गरेको पराजुलीले बताउनु भयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार गिरफ्तारी भएकाहरूमा कन्चनपुरका ३६ वर्षीय अमाधव पन्त, बाँकेकी २८ वर्षीया शोभा बम ठकुरी, काठमाडौँ ३० वर्षीय टेकेन्द्र मल्ल, सिन्धुलीका २९ वर्षीय दिनेश लो तामाङ, कैलालीका २७ वर्षीय प्रेम बिश्वकर्मा तथा २५ वर्षीय कैलाशराज गिरी, तेह्रथुमका २५ वर्षीय सन्तोष शेर्पा, बझाङका २८ नरदेव उपाध्याय, भोजपुरका २४ वर्षीय बिपिन पराजुली, गुल्मीका २८ वर्षीय समिर गौतम, काठमाडौँका २५ वर्षीय प्रकाश थापा र २८ वर्षीय प्रज्वल बिक्रम रहेका छन् ।

गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा पाँच घण्टा राखेर प्रहरीले बेलुको ६ बजे छाडेको एसपी मैनालीले जानकारी दिनुभयो ।

अन्य

भिडियो