१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बसबरीया गाउँपालिका–४ का २४ वर्षीय राजु भनिने रघुबेन्द्र यादवलाई असार २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असार २३ गते उजुरी दिएको पीडित बालिकाको बुवाले जानकारी दिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।