२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताउनु भयो ।
आरोपितले असार २४ गते हिले घुम्न जाउँ भनि तेहृथुमको वसन्तपुरमा रहेको एक होटलमा पुुर्याएर बन्धक बनाई बलात्कार गरेको पीडितको आरोप छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित गिरफ्तार भएपनि घटनास्थल तेहृथुम भएकाले तेहृथुम प्रहरीले कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २६ गते गरिएको छ ।