४८ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २० गते नौवहिनी गाँउपालिका – ७ का ४३ वर्षीय खेमराज पुनलाई सात वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले सात वर्ष कैद ३० हजार रूपियाँ क्षतिपूर्ति र १ हजार ३ सय रूपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई असोज १२ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणीको अभियोगमा कात्तिक ४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा ०७९ असार २० गते जवरजस्ती करणीको मुद्दा अभियोग दावी पुग्ने फैसला भएको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ असोज १२ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।