INSEC Online

📅 २०८३ जेष्ठ २१

पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग

नामखा गाउँपालिका-१ गाडापारीका स्थानीयबासीले पाएक पर्ने स्थानमा मतदान केन्द्र हुनु पर्ने माग गरेका छन् ।

विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र नाम वुद्ध प्रावि गाडापारीमा भएको बताउँदै यस पटक उक्त मतदान केन्द्र निर्वाचन आयोगबाट छुटाएको स्थानीयबासी तकदीर लामाले बताए ।

मतदान केन्द्र अपायक ठाउँमा भएको भन्दै नामखा गाउँपालिका-१ का स्थानीयबासीले वैशाख १७ गते जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

यस अघिका सबै निर्वाचनमा नाम वुद्ध प्राविमा मतदान केन्द्र बनाई आफूहरूले भोट हाल्दै आएको भएपनि यस वर्षसो मतदान केन्द्र नभएपछि स्थानीयबासीले आपत्ति जनाएका हुन् ।

उक्त मतदान केन्द्र पुनः स्थापना नभए गाडापारी गाउँका करिव ३ सय ५० जना मतदाताले तीन घण्टाको पैदल हिँडेर हेप्का गाउँमा गएर मतदान गर्नुपर्ने स्थानीयबासी तकदीर लामाले बताए ।

प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले सो मतदान केन्द्र पुनः स्थापनाका लागि निर्वाचन आयोगमा पहल गर्ने आश्वासन दिए ।

मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले पाएक पर्ने स्थानमा मतदान केन्द्र पुनःस्थापनाका लागि केन्द्रीय निर्वाचन आयोगमा पहल गर्ने प्रतिबद्धता जनाए ।

अन्य

भिडियो