भगवानपुर गाउँपालिका–५ की ६ महिने नाबालिका अनिसा पण्डितको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले २४ वर्षीय आमा पुनम पण्डितलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।
सुस्त मनस्थितीकी पुनमले घरायसी विवादका कारण जेठ २४ गते छोरीको हत्या गरी भगवानपुर गाउँपालिका–१ स्थित बलान पुलमुनि शव फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमारप्रसाद मैनालीले बताउनु भयो ।
घटनाको उजुरी इलाका प्रहरी कार्यालय लहानमा जेठ २५ गते दिएको नाबालिकाका बुबा देवनारायण कुम्हारले बताउनु भयो ।
शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा जेठ २५ गते गरिएको छ ।