INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका–४ की २२ वर्षीया रञ्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय शिवशङ्कर मण्डललाई जेठ २१ गते गिरफ्तार गरेको छ ।
अराोपित र आरोपितका ३७ वर्षीय भाइ श्रीराम भनिने विषेन्द्र मण्डलले जेठ ९ गते कुटपिट गर्दा सात हप्ताको गर्भपतन भएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ १० गते ठाडो उजुरी र जेठ १७ गते लिखित उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आरोपितहरू विरुद्ध जेठ २० गते गर्भपतनको उजुरी दर्ता गरेको छ ।
बाख्रा चराउन गएका रञ्जुका पति अनिलले आरोपितहरूले पालेको कुकुरलाई कुटेको भन्दै घरमा आई आरोपितहरूले लछारपछार गर्दै लात्ति र मुक्काले शरीरको विभिन्न अङ्गमा कुटपिट गर्दा आफ्नो सात हप्ताको गर्भ पतन भएको पीडितले बताउनु भयो ।

पेटमा चोट लागेर रक्तस्राव हुन थालेपछि जेठ १० गते जाँच गराउँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेको उहाँको भनाइ छ ।

अन्य

भिडियो