२४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका– १ का २४ वर्षीय शेरे बिकलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर हृदेश सापकोटाले बताउनु भयो ।
घटना पछि फरार रहेको आरोपितलाई इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलाली सहयोगमा जेठ १९ गते कैलाली जिल्लाको बडी बर्दगोरिया गाउँपालिका –३ खैरिनीबाट गिराफ्तार गरेको प्रहरीले जनायो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।