१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुरका ६१ वर्षीय दुखवा थारूलाई जेठ १७ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएका थिए ।
घटनाको मौखिक जानकारी पाए पछि आरोपितलाई जेठ १७ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।