INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

लम्कीचुहा नगरपालिका–८ बचैलाकी ३० वर्षीया हिंसा पीडित महिला जनपुरा देवकोटालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ १७  गते आर्थिक सहयोग प्रदान गरेको छ ।

हिंसा पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न र न्यायिक प्रक्रियामा जान समेत समस्या भएको भन्दै सहयोगका लागि लम्कीचुहा नगरपालिका—८ वडा कार्यालयको सिफारिसमा मानव अधिकार सहायता कक्ष अन्तर्गत इन्सेकले १० हजार रुपियाँ सहयोग प्रदान गरिएको हो ।

पीडित देवकोटालाई जेठ १० गते राती लम्कीचुहा नगरपालिका–८ बचैलाका नातेदार ३२ वर्षीय प्रेमप्रसाद जैसीले घरायसी विवादका कारण मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले जेठ ११ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरीका दिनु भएको थियो ।

उजुरीपश्चात आरोपितलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढेको भएपनि कुटपिटबाट गम्भिर घाइते हुनु भएकी जनपुराको आर्थिक अभावका कारण धनगढीस्थित निसर्ग अस्पतालमा उपचार गर्न समस्या भएको पीडितकी दिदी अम्पुरा पाण्डेले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयमा उपस्थित भएर बताउनु भयो ।

कुटपिटबाट घाइते हुनु भएकी पीडित महिलाको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या नहोस र न्याय पाउनका सहज होस भन्नका लागि इन्सेकले आर्थिक सहयोग गरेको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

आर्थिक समस्याका कारण उपचार गराउन समस्या भएको समयमा इन्सेकले गरेको सहयोगका कारण वहिनीको उपचार गराउन सहज भएको भन्दै पीडितकी दिदी पाण्डेले धन्यवाद दिनुका साथै न्यायिक प्रक्रियामा पनि सहयोगको अनुरोध गर्नु भएको छ ।

photo20220531kailali

अन्य

भिडियो