INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्यान मार्ने धम्की दिएको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कुम्मायक गाउँपालिका–२ का ३९ वर्षीय डिकबहादुर दर्जीले वडाध्यक्ष वालकृष्ण शेर्माले जेठ १४ गते ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ ।

गठवन्धनमा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएर निर्वाचित हुनु भएका कुम्मायक गाउँपालिका–२ का वडाध्यक्ष ५८ वर्षीय वालकृष्ण शेर्माले जेठ १४ गते ९८१८३१४४०१ नम्वरबाट फोन गरी अर्को पार्टीमा लागेको र भोट किन दिइनस् भन्दै ज्यान मार्ने धम्की दिएको पीडितले सोही दिन कुम्मायक गाउँपालिका–२ माङजाबुङस्थित प्रहरी चौकीमा दिएको उजुरीमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी, एमाले कुम्मायक गाउँ कमिटि अध्यक्ष मेघराज निरौलाले जेठ १७ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गर्नु भएको छ ।

नेकपा एमालेका कार्यकर्ता तथा कुम्मायक गाउँपालिकामा नेकपा एमालेका तर्फबाट जेठ १६ गते कार्यपालिका सदस्यमा निर्वाचित डिकबहादुर दर्जीलाई ज्यान मार्ने धम्की दिने वडाध्यक्षलाई कारबाहीको माग गरिएको एमाले गाउँ कमिटि कुम्मायक अध्यक्षद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी माङजाबुङका असइ उदयलाल राजवंशीले वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी परेको तर जेठ १६ गते गाउँ कार्यपालिका सदस्य निर्वाचनमा सबै केन्द्रीत भएकाले जेठ १८ वा १९ गते दुवै पक्षलाई कार्यालय झिकाएर घटनामा वारेमा जानकारी लिएर सोही अनुसार कारबाही अघि बढाउने इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनाका आरोपित कुम्मायक गाउँपालिका–२ का वडाध्यक्ष वालकृष्ण शेर्माले डिकबहादुर दर्जीलाई फोन गरी अरूलाई मतदान गरेको विषयमा जानकारी लिएको तर ज्यान मार्ने धम्की भने नदिएको बताउनु भएको छ ।

photo 20220601 Pachathar (2)photo 20220601 Pachathar (1)

अन्य

भिडियो