INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपितविरुद्ध उजुरी

खैरहनी नगरापलिका–१० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४० वर्षीय रामचन्द्र माझीविरुद्ध पीडितकी छोरीले ०७९ जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पतिले मादकपदार्थ सेवन गरी जेठ १२ गतेसाँझ यौन दुर्व्यवहार गर्दै लाठी लगायतले कुटपिट गर्दा गुप्ताङ्गमा समेत गम्भीर चोटपटक लागेपछि भरतपुर उपचारको क्रममा उनको जेठ १६ गते मृत्यु भएको उपचारमा सलंग्न डा. दिपेन्द्र न्यौपानेले बताउनुभयो ।

पतिको लाठी लगायतले कुटपिट गर्दा पीडितको गुप्ताङ्ग तथा मलद्वारका भागहरू च्यातिएकोमा जेठ १६ गते नै भरतपुर अस्पतालमा अप्रेशन भएको थियो ।

शवको पोष्टमार्टम भरतपुर अस्पतालमा जेठ १७ गते गरी सद्गत्को लागि पीडितको परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारीले बताउनु भयो ।

आरोपित माझीलाई ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीले जेठ १२ गते राती नै गिरफ्तार गरेको थियो ।

Gita Majhai-1Chitwan 2079

अन्य

भिडियो