बलात्कार पीडित तथा अपाङ्गता र मानसिक समस्या भएकी २७ वर्षीया युवतीलाई इन्सेकले जेठ १३ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित परिवारको आर्थिक अवस्था र शारिरीक अवस्था कमजोर रहेकोले इन्सेक गुल्मी प्रतिनिधि टोपलाल अर्यालले पीडितका दाजुलाई १० हजार रूपियाँ सहयोग रकम प्रदान गर्नु भएको हो ।
पीडितका दाजुले इन्सेक जिल्ला प्रतिनिधि अर्याललाई न्यायिक र आर्थिक सहयोग गरि दिन भन्दै वैशाख ४ गते निवेदन दिएका थिए ।
पीडितलाई वैशाख ४ गते इस्मा गाउँपालिका–३ का २९ बर्षीय कृष्ण नेपालीले जंगलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले वेशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई वैशाख ६ गते रुपन्देही जिल्लाबाट गिरफ्तार गरी अनुसन्धान पछि जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला अदालतले वैशाख २३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते गुल्मी अस्पताल तम्घासमा गरिएको थियो ।