नेकपा एमालले उत्तरी धादिङको खनीयाबास गाउँपालिका-२ कोखिममा वैशाख १३ गते कार्यक्रम गर्न तयार गरिएको मञ्च अज्ञात समूहले वैशाख १२ गते राति तोडफोड गरेको छ ।
नेकपा एमाले खनियाबास गाउँपालिकाद्वारा झार्लाङस्थित कोखिम टोलमा आयोजित चुनावी सभाका लागि वशाख १३ गते मञ्च निर्माण गरिएको थियो ।
सोही राति मञ्च भत्काएर ध्वस्त पारिएकोले भत्काउने समूहको खोजी गरिएको र नयाँ मञ्च बनाइएको एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार प्रदिप फुँयालले जानकारी दिए ।
सो स्थानमा आयोजना गरिएको कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेत, सोही क्षेत्रका सांसद धनबहादुर घले, लोकदोहोरी गायक बद्री पङ्गेनीलगायत सहभागी हुने कार्यक्रम रहेको एमालेले जनाएको छ ।