२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका –२, कुडिया निवासी २२ वर्षीय अमान मियालाई जेठ १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १३ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिनु भएको छ ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारी इन्सपेक्टर नवराज केसीले बताउनु भयो ।
आफू घरमा एक्लै रहेको अवस्थामा रातको समयमा घर भित्र पसी जबरजस्ती गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको डा. महोमद नुरुल होदाले बताउनु भयो ।