INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा औषधि अभाव

आमाछोदिङमो गाउँपालिका–३ को गत्लाङमा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।

यहाँ आउने अधिकांश बिरामी पेट दुख्ने, स्वास्सप्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्या लिएर आउने गरेका भए पनि सबै प्रकारका ‍औषधि नहुँदा सेवाग्राहीले सहज निशुल्क औषधि पाउन नसकेको स्वास्थ्य चौकीले जनाएको छ ।

बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाउने गरेको स्थानीय अनुज तामाङले बताउनुभयो ।

सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने भने पनि गाउँमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

नजिकै सामान्य औषधि पाउने ठाउँ पनि छैन दुई दिन लगाएर धुन्चे वा स्याफ्रुबेशी पुग्नुपर्ने बाध्यता रहेको सेवाग्रहाी अनुजको गुनासो छ ।

केही दिनदेखि औषधिहरू सकिएको भन्दै गत्लाङ स्वास्थ्य चौकीबाट गाउँपालिकामा माग भएको आमाछाृदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनुभयो ।

उहाँका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने केही अत्यावश्यक औषधिहरू अभावको हुन नदिन गाउँपालिका लागिपरेको बताउनुभयो ।

अन्य

भिडियो