INSEC Online

📅 २०८३ जेष्ठ २१

भोट नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सहीदभूमि गाउँपालिका–६ सुके आहालकी ४६ वर्षीया बच्चीमाया राईलाई भोट नदिएको आरोपमा कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध पीडितले जेठ ७ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

नेकपा एमालेका उम्मेदवारलाई भोट मत नदिएको भन्दै जेठ ६ गते कुटपिट गरेको आरोपमा पीडितले सहीदभूमी गाउँपालिका–६ का नेकपा एमालेका कार्यकर्ता ४१ वर्षीया चन्द्रकुमारी राई, ४५ वर्षीया गुप्तामाया राई र ३८ वर्षीया डम्बरकुमारी राईविरूद्ध उजुरी दिनु भएको हो ।

पीडित नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको र एमालेका उम्मेदवारलाई भोट नदिइ गठवन्धनकै उम्मेदवारलाई भोट दिएको आरोपमा कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सहीदभूमी गाउँपालिका–६ मा वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा एकै व्यक्तिले धेरै जनाको मतदान गरेपछि विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । स्थगित निर्वाचन सो वडामा जेठ २ गते सम्पन्न भएको छ ।

कुटपिट गरेको आरोपमा उजुरी आएको र आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा छलफलमा बोलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

अन्य

भिडियो