INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिटका घटनामा संलग्न भएको आरोपमा प्रहरीद्वारा एक जना गिरफ्तार

तामाकोशी गाँउपालिका–६ च्यामाका नेकपा एमाले कार्यकर्ता बिजुलीप्रसाद शर्मालाई कुटपिट गरेको आरोपमा  नेपाली कांग्रेसका कार्यकर्ता प्रहरीले ०७९ वैशाख २८ गते ढालकाजी फुयाललाई गिरफ्तार गरेको छ ।

बाघखोर बजारमा होहल्ला गर्ने गठबन्धनका कार्यकर्तालाई स्थानीय बासिन्दा उठेर किन हल्ला गरेको भनेर प्रतिवाद गर्दा गठबन्धनका कार्यकर्ताले स्थानीय बिजुलीप्रसाद शर्मा माथि आक्रमण गरी घाइते पारेको स्थानीय एमाले नेता देवी शमौले बताउनु भयो ।

शर्मालाई बिनाकारण पिटेको देखेर छिमेकी ढालकाजी फुँयाल सुतेको ठाउँबाट उठेर किन कुट्छौ भनेर सहयोग गर्न निस्किँदा गठबन्धनका कार्यकर्ता र प्रहरी मिलेर उनलाई पक्राउ गरिएको स्थानीय विष्णु पोखरेलले जानकारी दिए।

स्थानीय एमाले नेता बिष्णु पोखरेलका अनुसार ‘एमालेका कार्यकर्ताको मनोबल गिराउन सत्ताको मातमा गठबन्धनको इसारामा प्रहरी सामेल भई स्थानीयबासीलाई त्रसित र आतंकित बनाउदै छन्, यसको हामी भण्डाफोर गर्छौँ ।

अन्य

भिडियो