गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा ०७९ वैशाख २९ गते नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ ।
झडपमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ४० वर्षीय यमबहादुर कार्की (भूपाल) घाइते हुनुभएको छ ।
कार्की सहितको माआवादी टोली र एमालेका ३५ वर्षीय रवीन सुनुवार नेतृत्वको टोली बीच झडप भएको थियो ।
टाउकोमा चोट लागेका घाइतेलाई स्थानीय रस्नालु अस्पतमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।