INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारमाथि कुटपिट

दुहु गाउँपालिका–५ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार मानसिंह बडालमाथि गठबन्धनका कार्यकर्ताले वैशाख २७ गते कुटपिट गरेका छन् ।

निर्वाचन प्रचार प्रसार गरेर फर्किने क्रममा गठबन्धनका कार्यकर्ताहरुले कुटपिट गर्दा घाइते भएका बडालको टाउँकोमा गहिरो चोट लागेका कारण उहाँको प्राथमिक स्वास्थ्य उपचार जिल्ला अस्पताल,दार्चुलामा गरिएको भएपनि थप उपचारका लागि धनगढी पठाइएको छ ।

photo20220511Darchula (2)

वडाध्यक्ष पदका उम्मेदवार  बडालसँगै नेकपा एमालेका कार्यकर्ता मानसिंह बडाल, बिरेन्द्र महरा, लालसिंह महरालगायतका व्यक्तिहरुलाई गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरी कुटपिट गरेका नेकपा एमालेका जिल्ला कमिटी उपसचिव खडक बडालले बताउनु भयो ।

घटनाका संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी दायरामा ल्यान माग गरिएको एमाले जिल्ला उपसचिव बडालले बताउनु भयो ।

घटनामा संलग्न व्यक्तिहरु फरार रहेकाले उहाँहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

photo20220511Darchula (1)

अन्य

भिडियो