INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूकाे खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते

गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले  वैशाख २६ गते खुकुरी प्रहार गर्दा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन ।

गङ्गादेव गाउँपालिका–५ मा माओवादी केन्द्रका कार्यकर्ता २६ वर्षीय राजेन्द्र परियार, २७ वर्षीय नवराज महर र २५वर्षीय प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष ३० वर्षीय मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका छन ।

घाइते दुबैजनालई उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ ।

विवाहको भोज खाएर फर्किदै गर्दा दुईपक्षबिच जम्का भेट भएपछि घटना भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थमन जिसीले बताउनु भयो ।  घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेको टोली घटनास्थल तर्फ गएको इन्सपेक्टर जिसीले बताउनु भयो ।

दुबै पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने पनि प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो