संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा वैशाख ५ गते विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । सोही क्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबिच सामान्य झडपसमेत भएको थियो ।

स्थानीय संसारीमाई स्थानमा भेला भएर मोर्चाका कार्यकर्ताहरूले निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा रहेका मोर्चा कार्यकर्ताहरूको मसाल खोस्ने क्रममा सामान्य झडप भएको सङ्घीय समाजवादी फोरम मोरङका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक राजकुमार यादवले बताए ।

उनले संविधान संशोधन नगरी एकतर्फी रूपबाट निर्वाचन गराउन खोजिए कुनै पनि हालतमा हुन नदिने बताए ।