भरतपुर महानगरपालिका–१२ निवासी नेपाली कांग्रेस निकट दलित सङ्घ प्रदेश कमिटी सदस्य २८ वर्षीय अनिल परियार (कान) को वैशाख २५ गते साँझ धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीका अनुसार हत्या आरोति खोजि भइरहेको बताउनु भयो ।
परियारलाई भरतपुर महानगरपालिका–७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात व्यक्तिले साङ्घातिक आक्रमण गरेको डिएसपी अधिकारीले जानकारी दिनु भयो ।
आक्रमणमा गम्भीर घाइते भएका परियारलाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइए पनि चिकित्सकले त्यस अघिनै मृत्यु भएको बताएका थिए ।
शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिए पनि पीडितका आफन्तको सहमति जुट्न नसक्दा पोष्टमार्टम हनु नसकेको डिएसपी अधिकारीले बताउनु भयो ।