INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बीच झडप

शैल्यशिखर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीच वैशाख २४ गते राति र वैशाख २५ गते विहान झडप भएको छ ।

चुनावी प्रचार प्रसारको क्रममा गाउँमा प्रवेश गर्न नदिने कांग्रेसको रणनीति अनुरुप एमाले कार्यकर्तामाथि आक्रमण गरी गाडीमा तोडफोड गरेकोे एमालेका निगर कमिटि अध्यक्ष राजेश विष्टको आरोप छ ।

प्रचारप्रासरका क्रममा ऐमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका कार्यकर्ता सवार गाडीमा तोडफोड गरेपछि झडप भएको नेपाल विद्यार्थी संघका जिल्ला सदस्य जगदीश विष्टको आरोप छ ।

एमाले कार्यकर्तालाई बोकेर आइरहेको म १ ज २६७ नम्बरको गाडी काग्रेस कार्यकर्ताले तोडफोड गरेका छन् भने कांग्रेसका कार्यकर्ता बोकेर आइरहेको म १ ज ५१६ नम्बरको गाडीलाई ऐमाले कार्यकर्ताले इलाका प्रहरी कार्यालय गोकुलेश्वरको मोडमा तोडफोड गरेका छन् ।

झडपमा क्रममा कांग्रेसका कार्यकर्ता हर्क पार्की, एमाले कार्यकर्ता बोकेर आएका गाडी चालक प्रजापति महर, राजु कोली र म्यादी प्रहरी गोपालसिंह विष्ट घाइते सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक बिष्टले बताउनु भयो ।

घाइते भएकाहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको समेत डिएसपी विष्टले बताउनु भयो ।

निरन्तर झडपको अवस्था सृजना भएपछि राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलिय बैठकको आयोजना गरिएको र राजनीतिक दलहरुले उपरान्त झडपको अवस्था आउन नदिने सहमति गरेको निर्वाचन अधिकृत हरिसिह धामीले बताउनु भयो ।

अन्य

भिडियो