INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको सहयोगमा अस्पतालमा बन्धक बिरामीको उद्धार

आर्थिक अभावका कारण उपचारको बिल तिर्न नसकेर  लामो समयदेखि अस्पतालमा बन्धक रहनुभएका पाँचथर फालेलुंङ्ग गाउँपालिका–५ प्रांङ्गबुङ्ग निवासी ३४ वर्षीय शुक्रबहादुर (सुकराज) खपाङ्गीको   इन्सेकको पहलमा वैशाख २० गते उद्धार गरिएको छ ।

खोटाङमा २०७८  माघ ६ गते उच्च रक्तचापका कारण अकस्मात् बेहोस भएपछि  थप उपचारका लागि काठमाडौँको चाबहिलस्थित दिर्घायू गुरू अस्पताल चाबहिलमा भर्ना हुनुभएको थियो ।

सोहि अस्पतलमा टाउकोको सल्यक्रिया गरेपछि २०७८ फागुन १ गते अस्पतालले डिस्चार्ज पत्र  दिए पनि उपचार बापतको बिल तिर्न नसकेर १ सय ५ दिनदेखि अस्पतालमै बन्धक रहनुभएको थियो ।

पीडितले आर्थिक अभावमा उपचारमा लागेको बिल तिर्न नसकेको भन्दै सहयोग गरिदिन भन्दै इन्सेकलाई ०७९ वैशाख १९ गते  निवेदनमार्फत इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधिलाई अनुरोध गर्नु भएको थियो ।

उद्धारको क्रममा अस्पतालमा उपचार बापतको कूल खर्च १० लाख ३० हजार मध्ये पीडितलाई अस्पतालबाट छुटाउन पाँचथरका इन्सेक  पूर्व जिल्ला प्रतिनिधि मंगल बेघा लगायतको टिमले  ‘शुक्रबहादुर मगर उद्धार अभियान’ सञ्चालन गरी देश विदेशबाट बिभिन्न सहयोगी मार्फत उठेको ३ लाख ३३ हजार ३३३ रुपैयाँ पीडितका आफन्तको रोहबरमा अस्पताललाई बुझाईदिनुभएको थियो ।

त्यस्तै पीडितको परिवारले विभिन्न समयमा गरी ४ लाख ६४ हजार ६ सय ७० रुपैयाँ अस्पताललाई बुझाउनुभएको थियो  ।

अस्पतालमा उपचारबापतको कूल खर्च १० लाख ३० हजार मध्ये इन्सेकको सहजिकरणम अस्पताल प्रशासनले  २ लाख ३० हजार रुपैयाँ मिनाह गरीदिएको थियो ।

बिरामीको उद्धारपछि घर फर्किनको लागि इन्सेकले वैशाख २० गतेका लागि  काठमाडौँ–भद्रपुर रुटको  दुई थान हवाई टिकट उपलब्ध गरेको थियो  ।

पीडितको उद्धारपछि  घर फर्किन निःशुल्क हवाई टिकट  पाउँदा खुशी लागेको भन्दै पीडितकका आफन्त बेघाले इन्सेकलाई धन्यवाद दिनुभयो ।

Sukra Magar uddhar 2 (1)

अन्य

भिडियो