१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रकोट गाउँपालिका–६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार पछि अदालतबाट म्याद गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनु भयो ।
घटनालाई गाँउमा मिलाउन दवाव दिएकाले ढिलो गरी प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।