INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेद्वारी दिन गएका माओवादी कार्यकर्तामाथि कुटपिट

छार्काताङसोङ गाउँपलिका–५ का ३७ वर्षीय माओवादी कार्यकर्ता धावा गुरुङलाई स्थानीय तहको उम्मेदवारी दिन गएको अवस्थामा वैशाख १२ गते सोही गाउँपालिकामा निर्विरोध चुनिएका अध्यक्ष ३२ वर्षीय सोनाम साङवो गुरुङले स्थानीय युवा लगाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दिन पुग्नु भएका धावा गुरूङमाथि पूर्व तथा हाल निर्विरोध चुनिएका गाउँपालिका अध्यक्ष सोनाम साङवो गुरुङले युवाहरू लगाएर ढुङ्गाले कुटपिट गरेको पीडितले जानकारी दिनु भएको छ ।

अध्यक्ष गुरूङले बाटोमा हिँडिरहेको स्थानीयलाई किन कुटपिट गरेको भन्ने विषयमा खुलेको छैन । तर, आफुविरुद्ध गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

कुटपिटबाट घाइते हुनुभएका धावाको टाउकोमा गहिरो चोट लागेको र स्थानीय मेडिकलमा उपचारभइरहेको पीडितले बताउनु भएको छ ।

घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले घटनाका सम्बन्धमा कुनै जानकारी नभएको बताउनु भयो ।

घटनाका आरोपित सोनाम नेकपा नकपा एकीकृत समाजवादी पार्टीबाट निर्विरोध चुनिएका र पीडित माओवादी कार्यकर्ता रहेको जनाइएको छ ।

अन्य

भिडियो