INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्धक्क भएर लाग्न मतदान अधिकृतलाई निर्वाचन आयुक्तद्वारा आग्रह

निर्वाचन आयुक्त नरेन्द्र दाहालले हिमाल, पहाड, तराई मधेस सबैतिर एकै चरणमा निर्वाचन गर्ने गरी आयोगले काम अगाडि बढाएको बताएका छन ।

निर्वाचन आयोगले विराटनगरमा चैत ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय गोष्ठिमा उनले निर्वाचनका लागि सरकारले सबैतिर सुरक्षा व्यवस्था मिलाइएकाले निर्वाध रूपमा आ-आफ्नो मतदान स्थलमा सक्रिय भएर लाग्न मतदान अधिकृतहरूलाई आग्रह गरे ।

उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सरकार तीव्र गतिमा अगाडि बढेको भन्दै २ नम्बर प्रदेशमा पनि एकै समयमा निर्वाचन हुने बताए ।

सो अवसरमा उनले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न बाहिरबाट देखे जस्तो सुरक्षासम्बन्धी कुनै चुनौति नभएको बताए । गोष्ठिमा मोरङ, सुनसरी, धनकुटा, भोजपुर तथा सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको सहभागिता रहेको थियो ।

अन्य

भिडियो