INSEC Online

📅 २०८३ जेष्ठ २१

लिमीका ६० जना बालबालिका टाइफाइड रोग विरुद्धको खोप लगाउनबाट वञ्चित

नाम्खा गाउँपालिकाको–६ लिमीका ६० जना बालबालिका टाइफाइड रोग विरुद्धको खोप लगाउनबाट वञ्चित भएका छन् ।

गाउँपालिकाभरि नै १ हजार १ सय १० जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भनिएता पनि ६० जना बालबालिकाले भने सो खोप लगाउन नपाएको स्थानीय मिकमार तामाङले गुनासो गर्नु भयो ।

नेपाल सरकारले ०७८ चैत २५ गतेदेखि देशैभर टाइफाइड रोग विरुद्धको खोप लगाउने भनिएको थियो । तर, लिमीका बालबालिकाले वैशाख ८ गतेसम्म उक्त खोप लगाउन पाएका छ्रैनन् ।

नाम्खा गाउँपालिका–१ देखि ५ सम्मका १५ महिनाभन्दा माथि र १५ वर्षभन्दा मुनिका १ हजार ६० जना बालबालिकाले भने यसअघि नै उक्त खोप लगाइसकेको नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ज्ञाछो लामाले बताउनु भयो ।

उहाँका अनुसार अन्य विद्यालय र स्वास्थ्य खोप केन्द्रहरूमा खोप सञ्चालन भएपनि लिमीमा हुन नसकेको हो ।

संयोजक लामाले भन्नु भयो–‘नारा र न्यालु लेकमा अझैसम्म हिउँ जमेकै कारण खोप लिएर लगाउन सक्ने सम्भावन न्यून भएकाले उक्त खोप अभियान प्रभावित भएको हो ।’

अन्य

भिडियो