नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार निवासी ४८ वर्षीय चन्द्रिका शाहलाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।
साझँको समयमा बालिका घर बाहिर घुम्न गएको बेला उक्त घटना भएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर मेहमद नुरुल होदाले बताउनु भयो ।