INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी पत्नीको हत्या, आरोपित फरार

जहदा गाउँपालिका–७ की ३२ वर्षीया पानो टुडुको ३३ वर्षीय पति नारायण सोरेनको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

३३ वर्षीय पति नारायण सोरेनले मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०७८ चैत २९ गते पत्नीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी पीडितको उपचारका क्रममा कोशी अस्पतालमा वैशाख १ गते राति मृत्यु भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

पत्नीलाई कुटपिट गरी आरोपित फरार भएको र प्रहरीले खोजी थालेको डिएसपी श्रेष्ठले बताउनु भएको छ ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा गरिने तयारी गरिएको छ ।

अन्य

भिडियो