रामधुनी नगरपालिका–२ का ४४ वर्षीय रामदेव साहले १६ वर्षीया छोरीको अपहरण घटनामा प्रहरीले चासो नदिएको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेक सुनसरीलाई निवेदन दिनु भएको छ ।
१६ वर्षीया छोरीलाई ०७८ फागुन १८ गते रामधुनी नगरपालिका–२ का २१ वर्षीय नविव मियाँ र भोक्राहा नरसिंह गाउँपालिका–५ का २२ वर्षीय फरमान आलमले १६ वर्षीया छोरीलाई अपहरण गरेको विषयमा आफूले प्रहरी र प्रशासनमा निवेदन दिँदा समेत वेवास्ता गरिएको भन्दै न्यायका लागि पहल गरीदिन चैत २५ गते इन्सेकमा निवेदन दिनु भएको छ ।
पीडितले इन्सेकमा दिएको निवेदनमा छोरीको अपहरण घटनामा विषयमा प्रहरी प्रशासनमा निवेदन र जानकारी गराउँदा समेत वेवास्ता गरिएकाले न्यायलाई पहल गरीदिन आग्रह गरिएको छ ।
०७८ फागुन १८ गते आफन्तकोमा भोज खान गएको मौकामा छोपी अपहरण गरी बेपत्ता बनाएको पीडितले दिएको निवेदनमा उल्लेख छ ।
पीडितले न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गरेपछि इन्सेकले उजुरीका विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीसँग जानकारी लिएको छ ।
इन्सेकले गरेको पहलमा डिएसपी कार्कीले पीडितले प्रहरीमा दिएको उजुरीका बारेमा आफूलाई रिपोटिङ नभएको र सो विषयमा बुझेर अनुसन्धान अघि बढाउने बताउनु भएको छ ।
