INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

सुनछहरी गाउँपालिका–४ घोगा र झिन्जामा खानेपानी अभाव हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

सुक्खा मौसम सुरू भएसँगै धारामा नियमितरुपमा खानेपानी नआउदा स्थानीयहरूले सास्ती भोग्नु परेको हो । घोगा गाउँमा करिब २५ घरधुरी भएको ठाउँमा तीन वटा धारा  भएपनि नियमित रुपमा पानी आउदैन ।

बर्खाको समयमा पानीको अभाव नभए पनि चैत वैशाखमा पानीको मुहान सुक्ने भएकाले समस्या हुने गरेको स्थानीय पुर्ण घर्ती मगरले बताउनु भयो ।

पानी नियमितरुपमा नआउँदा घण्टौ हिडेर पानी लिन जानुपरेको स्थानीय अनराम घर्तीले बताउनु भयो । पानी नआउदा पिउन, नुहाउन र लुगा धुनेलगायत दैनिक काममासमेत समस्या हुने गरेको अनरामले बताउनु भयो ।

यसैगरी, सोही गाउँपालिकाको  झिन्जा गाउँमा पनि खाने पानीको समस्या रहेको छ । करिव १ सय घरधुरी भएको उक्त गाउँमा बिहान ६ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र पानी आउने गरेको स्थानीय जितबहदुर बिकले बताउनु भयो ।

निश्चित समयमा मात्र धारामा पानी आउने भएकाले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको बिकले बताउनु भयो । पानी अभावकै कारण गाउँमा तरकारी, फलफुल लगायतका खेती गर्न सक्ने अवस्था नरहेको बिकले बताउनु भयो ।

वडा नम्बर ४ का अध्यक्ष खड्कबहादुर घर्तीले खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारको योजना परेको बताउदै छिट्टैनै समस्या समाधान हुने बताउनु भयो ।

अन्य

भिडियो