४६ वर्षीया पत्नीलाई डण्डीले कुटपिट गरी हत्या गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका-१ स्याउले गुन्साटोलका ४५ वर्षीय मेखबहादुर तामाङलाई प्रहरीले ०७८ चैत १६ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका कारण पत्नी सुकुमायाँ तमाङलाई चैत १५ गते पति मेखबहादुरले डण्डीले टाउकोमा प्रहार गरी गम्भीर गर्दा पीडित गम्भीर घाइते भएकी थिइन् ।
पीडितलाई तत्कालै उपचारको लागि चौतारा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।
आरोपित विरुद्ध पीडितका छोराले ०७८ चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
शवको चौतारा अस्पतालमा ०७८ चैत १६ गते पोष्टमार्टम गरी आफन्तले सतगत् गर्न जिम्मा लिएर लगेको इन्स्पेक्टर केसीले बताउनु भयो ।