INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेस प्रदेश सरकारद्वारा ‘सहिद’ परिवारलाई १ लाख रुपियाँ राहत प्रदान

माओवादी द्वन्द्वकालिन समयमा मधेस प्रदेशका मृत्युवरण गरेका ‘सहिद’ का परिवारलाई मधेस प्रदेश सरकारले चैत १३ गते १ लाख रुपियाँका दरले आर्थिक सहयोग गरेका छन् ।

जनकपुरधामस्थित मधेस भवनको सभा हलमा मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्व मन्त्री मातृकाप्रसाद यादवले १ लाख रुपियाँका दरले चेक हस्तान्तरण गर्नु भयो ।

मधेस प्रदेशका आन्तरिक मामिला मन्त्री भरतप्रसाद साहले अब तत्कालीन द्वन्द्वका शहीद परिवारले परिचयपत्र बनाई प्रदेशका अस्पतालमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने गरी सरकारले कानुन बनाइसकेको जानकारी गराउनु भयो । द्वन्द्वमा घाइते, अपाङ्गता भएकालाई प्रदेश सरकारले विशेष ध्यान दिने बताउनु भयो ।

धनुषा जिल्लाका १ सय ५ शहीद परिवारलाई १÷१ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुका साथै सम्मान गरिएको थियो ।

द्वन्द्वका प्रत्येक शहीद परिवारलाई मधेस प्रदेश सरकारले ३÷३ लाख रुपियाँ दिने निर्णय गरेकोमा पहिलो चरण अन्तर्गत १÷१ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।

अन्य

भिडियो