३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय आफन्तलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडितले चैत १३ गतृ इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर कृष्णप्रसाद घिमिरेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको डाक्टर महोमद नुरुल होदाले बताउनु भयो ।