INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ भगवानपुरका ५५ वर्षीय ओमप्रकाश श्रीवास्तवलाई चैत १ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी थिए ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले इन्सेक प्रतिनिधिलाई बतउनु भयो ।

काभ्रो खान जाउ भनेर यौन दुर्व्यवहार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरियो ।

यसैगरी, २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले गैडहवा गाउँपालिका–९ हसनापुरका १८ वर्षीय गौरी लोध विरूद्ध फागुन २९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले प्रेम गर्ने प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो । आरोपितको खोजी भइरहेको कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।

 

अन्य

भिडियो