तिला गाउँपालिका-५ कुडारीमा रहेको खोलिगाउँस्थित आधारभुत विद्यालय जुम्लाका शिक्षक ४५ वर्षीय हर्कबहादुर रावतमाथि फागुन २५ गते कुटपिट भएको छ ।
शिक्षक दरबन्दीको विषयलाई लिएर सोही वडाका जनक रावत, प्रेमबहादुर रावत, बलबहादुर रावत, मानबहादुर रावत र भिमबहादुर रावतले कुटपिट गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कुडारीमा फागुन २५ गते उजुरी दिएको छ ।
घटनाका प्रत्यक्षदर्शी आधारभुत विद्यालय जुम्लाका प्रध्यानाध्यापक लालबहादुर रावतले विद्यालयको शिक्षक दरबन्दीको विषयलाई लिएर भएको विवादपछि आरोपितहरूले कुटपिट गरेको बताउनु भयो ।

घाइते शिक्षक रावतको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ । आरोपित पाँचै जनालाई प्रहरीले फागुन २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनु भएको छ ।