INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदाता नामावली स्वीकृतः आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको राससले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम भएका छन् । विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको छ ।

आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७ सय १४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६ सय २५ रहेका छन् । त्यस्तै १ सय ४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ५ लाख ६३ हजार ८ सय ७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै ५ हजार ९५ मात्र मतदाता कायम रहेका छन् । आयोगका अनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइ कार्य चैत २० गतेदेखि नै सुरु हुनेछ ।

आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेवसाइटमा राख्ने जनाएको छ । मतदाताको नामावली आगामी वैशाख १० गते भित्रै सबै जिल्लामा पुर्‍याइसक्ने जनाइएको छ ।

अन्य

भिडियो