INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका आरोपित असई गिरफ्तार

कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय असई शेरसिंह धामीलाई सुर्खेत प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ ।

वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टका इञ्चार्ज समेत रहेका असई धामीलाई गिरफ्तार गरेर सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिनु भयो ।

फागुन २० गते राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको भे १ क ९२२ नम्बरको मिनि ट्रकमा आएका कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’लाई कुटपिट हत्या गरेको आरोपमा मृतकका बावु हिराचन्द्र हमालले फागुन २२ गते असई धामीविरुद्ध उजुरी दिनुभएको थियो ।

अन्य

भिडियो