४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मुगु जिल्ला खत्याड गाउँपालिका–४ का ५७ वर्षीय मोहन बानियालाई फागुन १६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २१ गते बलात्कार गरेको भन्दै पीडितले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको थियो ।