INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदर्शनकारीद्वारा वडा कार्यालयमा तोडफोड

एमसीसीको विरोधमा नेपाल बन्द गराउँदै हिडेका प्रदर्शनकारीहरुले दशरथचन्द नगरपालिका वडा नम्बर १ को कार्यालयमा तोडफोड गरेका छन् ।

फागुन १६ गते दिउँसो वडा कार्यालयमा पुगेका प्रदर्शनकारीहरुले वडा कार्यालयका ६ ओटा कुर्सी तोडफोड गरेका छन् भने कार्यालयमा रहेका टेबुलमा पनि क्षति पुर्याएका छन् ।

नेपालबन्दको दिन कार्यालय किन खोलेको भन्दै प्रदर्शनकारीहरुले वडा कार्यालयमा तोडफोड गरेको वडाध्यक्ष भुवन भट्टले बताउनु भयो । वडा कार्यालयमा तोडफोडपछि कार्यालय बन्द गरिएको वडाध्यक्ष भट्टले बताउनु भयो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका  इन्स्पेक्टर बोधराज ओझाले बताउनु भयो ।

उहाँले घटनास्थलमा प्रहरी पुग्नु भन्दा अगाडी नै प्रदर्शनकारीहरु फरार रहेकाले पहिचान खुल्न नसके पनि घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको बताउनु भयो ।

अन्य

भिडियो