INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मदाने गाउँपालिका–४ का १९ वर्षीय इश्वर बहादुर बोहोरा विरूद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०७८ असोज २७ गते बलात्कार गरेको र उक्त घटनाबाट गर्भसमेत रहेको भन्दै उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो । आरोपित फरार भएकाले खोजी कार्य भइरहेको एसपी भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १० गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।

अन्य

भिडियो