बलेफी गाउँपालिका–१ जलवीरेककी २८ वर्षीया लक्ष्मी बस्नेत तामाङको बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति ३२ वर्षीय बेलबहादुर तामाङलाई प्रहरीले ०७८ फागुन ११ गते स्थानीय बनकाली जङ्गलबाट गिरफ्तार गरेको छ ।
आरोपितले फागुण १० गते बेलुकी दाउरा चिर्ने विषयमा पत्नीसँग बिवाद हुँदा दाउरा चिर्ने बन्चरो प्रहार गरी घाइते तुल्याएका थिए ।
घाइते भएकी पीडितको उपचारको क्रममा चौतारा अस्पतालमा सोही दिन राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
शवको पोटष्मार्टम ०७८ फागुण ११ गते चौतारा अस्पतालमा गरी पीडितका आफन्तले सोही दिन दाहसत्कार गरे ।
आरोपित विरुद्ध मृतकका भाइले ०७८ फागुण १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।