१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय दुई जना बालकलाई जनही एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश गिरीराज गौतमको फागुन ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै एक वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुराँगाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितद्वयले ०७७ चैत ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७८ वैशाख १९ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख १९ गते घरबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतको ०७८ जेठ ३ गतेको आदेशमा आरोपितद्वय अभिभावकको जिम्मामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ वैशाख १९ गते गरिएको थियो ।