हावाहुरीले छाना उडाएको दुइवर्षसम्म नबन्दा पठन पाठन प्रभावित भएको विद्यालयमा मर्मत सम्भार गरिएको छ ।
माघ २७ गते इन्सेक अनलाइनमा दुइ वर्षदेखी खुल्ला आकाश मुनी अध्यापन, पठन पाठन प्रभावित शिर्षकमा समाचार प्रकाशन भएपछि विद्यालय मर्मत गरिएको हो ।
शारदा नगरपालिका –१० पैयाखर्कमा रहेको जनता प्राथामिक विद्यालयको छाना हावा हुरीले उडाएको दुइ बर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन ।
शारदा नगरपालिकाको तीन लाख सहयोगमा विद्यालयको छाना मर्मत गरिएको विद्यालयका प्रधानाध्यापक डम्मर चलाउनेले जानकारी दिनुभयो ।
उहाँले विद्यालयको समस्याबारे आवाज उठाइ दिएकोमा इन्सेक परिवारलाई धन्यवादसमेत दिनु भएको छ ।
