INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका– १ जमुनीयाका ४० वर्षीय रामदिन थारूलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ८ गते आरोपित विरूद्ध इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका थिए ।

घटनाका बारेमा पीडित पक्षले दिएको जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला  प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  फागुन ८ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

अन्य

भिडियो